मुख्य सामग्रीमा जानुहोस्

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासङ्घद्वारा सवारीसाधन माग

महासङ्घका महासचिव शिवहरि घिमिरेले शनिबार जारी गरेको परिपत्रमा रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा राहत सामग्री पुर्‍याउन र प्रभावितलाई सुरक्षित स्थानमा पुर्‍याउन तत्काल सवारीसाधन आवश्यक पर्ने उल्लेख छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासङ्घद्वारा सवारीसाधन माग
Nagariknetwork

भोटेकोशीको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल निर्माण व्यवसायी महासङ्घले देशभरका आफ्ना सदस्यहरूलाई सवारीसाधन उपलब्ध गराउन आह्वान गरेको छ।

महासङ्घका महासचिव शिवहरि घिमिरेले शनिबार परिपत्र जारी गर्दै बाढीपीडितको सहायताका लागि पिकअप, मिनीट्रकजस्ता सवारीसाधन उपलब्ध गराउन सबै सदस्यलाई अनुरोध गरेका छन्। परिपत्रमा भोटेकोशीको बाढीले रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा गम्भीर मानवीय तथा भौतिक क्षति पुर्‍याएको उल्लेख छ।

देश यतिबेला ठूलो पीडाबाट गुज्रिरहेको भन्दै आ–आफ्नो ठाउँबाट सबैले सहयोग गर्नु साझा दायित्व रहेको महासङ्घको भनाइ छ। राहत र उद्धारको कामलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार विकास मन्त्रालयसँग समन्वय गरिने पनि जनाइएको छ।

अतिप्रभावित रसुवा, नुवाकोटलगायतका जिल्लामा तत्काल राहत सामग्री पुर्‍याउन र हजारौं बाढीपीडितलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याउन सवारीसाधन आवश्यक रहेको महासङ्घले स्पष्ट पारेको छ। त्यसका लागि सदस्यहरूले तत्काल पिकअप र मिनीट्रक उपलब्ध गराइदिनुपर्ने अपिल गरिएको छ।