मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढीपछि त्रिशूलीको जलसतह बढ्यो, नारायणी किनारका बासिन्दालाई सतर्कता आग्रह

रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढीले त्रिशूली नदीको जलसतह बढेको छ। धादिङको गल्छीस्थित मापन केन्द्रमा आइतबार बिहान त्रिशूलीको जलसतह करिब तीन मिटरले बढेको पाइएको छ। नारायणी नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
भोटेकोशी बाढीपछि त्रिशूलीको जलसतह बढ्यो, नारायणी किनारका बासिन्दालाई सतर्कता आग्रह
Nagariknetwork

रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशूली नदीको जलसतहमा उल्लेख्य वृद्धि भएको छ। बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ७ बजे धादिङको गल्छीस्थित बाढी मापन केन्द्रमा गरिएको नापमा त्रिशूलीको पानीको सतह करिब तीन मिटरले बढेको जनाएको छ।

गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएकाले नारायणी नदी तथा यसका सहायक नदीहरूमा समेत जलसतह बढ्न सक्ने महाशाखाको आकलन छ। बढ्दो जोखिमलाई मध्यनजर गर्दै महाशाखाले नारायणी र यसका सहायक नदीको तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण तथा नदी किनार आसपासका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ।