मुख्य सामग्रीमा जानुहोस्

बाढीपहिरोले रसुवासहित पाँच जिल्लाका सडक यातायात प्रभावित

बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य सडक प्रभावित भएका छन्। टोखा–छहरे सडकखण्डमा पहिरो खसेको छ भने हेटौँडा–टिङ्गन–बागमती–ललितपुर सडकखण्डमा सवारी सञ्चालन रोकिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
बाढीपहिरोले रसुवासहित पाँच जिल्लाका सडक यातायात प्रभावित
Nagariknetwork

लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोले रसुवासहित देशका विभिन्न जिल्लाका प्रमुख सडक तथा राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। सडक विभागका अनुसार इलाम, काभ्रेपलाञ्चोक, मकवानपुर, रसुवा र नुवाकोटका विभिन्न सडकखण्ड हाल अवरुद्ध अवस्थामा छन्।

नुवाकोटको शिवपुरी गाउँपालिका–५ घडेरीखोला क्षेत्रमा टोखा–छहरे सडकखण्ड पहिरोका कारण प्रभावित भएको छ। त्यस्तै, मकवानपुरको हेटौँडा–टिङ्गन–बागमती–ललितपुर सडकखण्डमा सम्भावित बाढी र पहिरोको जोखिम रहेकाले सवारी आवागमन बन्द गरिएको छ।

प्रहरीले लगातारको वर्षा, बाढी र पहिरोका कारण सडकमा जुनसुकै बेला अवरोध आउन सक्ने जनाउँदै यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ। साथै, जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन पनि प्रहरीले अनुरोध गरेको छ।