मुख्य सामग्रीमा जानुहोस्

आज देशभर बदली, कोशी–बागमती–गण्डकी–लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर आज सामान्य बदली रहने र कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
आज देशभर बदली, कोशी–बागमती–गण्डकी–लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना
Online Khabar

आज देशभर सामान्य बदली रहनुका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पूर्वानुमानअनुसार यी चारै प्रदेशका पहाडी भू–भाग तथा मधेश प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

पूर्वानुमानअनुसार हिमाली भू–भागमा वर्षा र हिमपात दुवै हुन सक्छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पहाड र तराईमा मध्यम वर्षा

पहाडी भू–भागतर्फ कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने पूर्वानुमान छ ।

तराई भू–भागमा भने मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

आज रातिको पूर्वानुमानमा पनि देशभर सामान्य बदली रहनेछ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्छ । यस्तै पहाडी भू–भागका केही स्थानमा र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

मेघगर्जन र चट्याङसहितको वर्षा तथा हिमपातको पूर्वानुमान भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।