मुख्य सामग्रीमा जानुहोस्

दाङमा तीन महिनादेखि ग्यास अभाव : सांसद सुवेदीद्वारा सरकारको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले दाङमा तीन महिनादेखि ग्यासको अभाव रहेको विषय प्रतिनिधिसभामा उठाएका छन्। उनले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न, बजार अनुगमन गर्न र कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
दाङमा तीन महिनादेखि ग्यास अभाव : सांसद सुवेदीद्वारा सरकारको ध्यानाकर्षण
Online Khabar

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले दाङमा तीन महिनादेखि खाना पकाउने ग्यासको अभाव भइरहेको विषय प्रतिनिधिसभाको बैठकमा उठाएका छन्। बैठकमा बोल्दै उनले यो समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

तीन महिनासम्म ग्यास अभाव कायम रहनुलाई उनले सामान्य विषयका रूपमा लिन नहुने बताए। उपभोक्ताले दैनिक रूपमा भोग्नुपरेको यो समस्याबारे सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।

‘दाङमा तीन महिनादेखि ग्यासको अभाव हुनु सामान्य विषय होइन। सरकारसँग आग्रह गर्दछु– ग्यासको सहज आपूर्ति सुनिश्चित गरियोस्। तत्काल बजार अनुगमन गरियोस्। कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेमाथि कडा कारबाही गरियोस्।’

सांसद सुवेदीले आपूर्ति व्यवस्थापनसँगै बजार अनुगमनलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए। कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कडा कारबाही गर्न उनले सरकारसँग माग गरे।