मुख्य सामग्रीमा जानुहोस्

दार्चुला प्रधानाध्यापक मृत्यु प्रकरण : आठ अभियुक्तलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

दार्चुलाको ब्यास गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका आठ अभियुक्त धरौटीमा छुट्ने भएका छन् । उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
दार्चुला प्रधानाध्यापक मृत्यु प्रकरण : आठ अभियुक्तलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश
Online Khabar

धनगढी । दार्चुलाको ब्यास गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका आठ अभियुक्तलाई धरौटीमा छाड्न उच्च अदालतले आदेश दिएको छ ।

उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासका न्यायाधीश मातृकाप्रसाद भण्डारी र गिरिराज गौतमको संयुक्त इजलासले दार्चुला जिल्ला अदालतको थुनछेक आदेश बदर गर्दै नयाँ आदेश गरेको हो । आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका प्रतिवादीहरूलाई भिन्न–भिन्न रकम धरौटी राखेर छाड्न भनिएको छ ।

कसलाई कति धरौटी

उच्च अदालतले प्रतिवादीहरूका लागि तोकेको धरौटी रकम यस्तो छ :

  • परमानन्द भट्ट र दलिदत्त भट्ट — जनही दुई लाख रुपैयाँ

  • खिमानन्द भट्ट, हरिदत्त भट्ट, पुष्करराज भट्ट र पदमराज भट्ट — जनही एक लाख ५० हजार रुपैयाँ

  • नरेन्द्रदत्त भट्ट र विक्रमसिंह कुँवर — जनही एक लाख रुपैयाँ

  • कारागारमा पत्र पुग्न बाँकी

    अदालतको आदेश औपचारिक रूपमा दार्चुला जिल्ला कारागारसम्म भने पुगिसकेको छैन । शुक्रबार फैसला भएकाले औपचारिक पत्र आउन केही ढिलाइ हुनसक्ने कारागारले जनाएको छ ।

    जिल्ला कारागारका जेलर उमेश सिंह बिष्टका अनुसार अदालतको पत्र प्राप्त भएपछि थुनामा रहेकाहरूलाई छाड्ने प्रक्रिया अघि बढाइनेछ ।

    घटनाको पृष्ठभूमि

    सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक धामी गत वैशाखमा विद्यालयमै झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । मृत्युअघि उनले आफ्नो फेसबुक वालमा अहिले मुद्दा खेपिरहेका आठै जनाको नाम किटान गर्दै आफूलाई आत्महत्या गर्न बाध्य पारिएको दाबीसहितको स्टाटस लेखेका थिए ।

    सोही आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरेको थियो ।