मुख्य सामग्रीमा जानुहोस्

बीपी राजमार्गमा चाडपर्वका यात्रुलाई सहज बनाउन सभापति गजुरेलको निर्देशन

पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले बीपी राजमार्गको स्थलगत अनुगमन गरेका छन्। चाडपर्वमा बढ्ने सवारी चाप मध्यनजर गर्दै निर्माणाधीन काम समयमै सक्न र यात्रुले सास्ती नभोग्ने गरी व्यवस्था मिलाउन उनले सम्बन्धित…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
बीपी राजमार्गमा चाडपर्वका यात्रुलाई सहज बनाउन सभापति गजुरेलको निर्देशन
Nagariknetwork

तिहार तथा छठ पर्वका बेला बीपी राजमार्ग हुँदै हुने यात्रुको आवागमन सुरक्षित, सहज र व्यवस्थित बनाउने विषयमा केन्द्रित रहँदै पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले राजमार्गको स्थलगत अनुगमन गरेका छन्। पर्व नजिकिँदै गर्दा सडकको वर्तमान अवस्था, यातायात सञ्चालन र यात्रुले भोग्नुपरेका समस्या बुझ्न यो अनुगमन गरिएको हो।

अनुगमनका क्रममा राजमार्गमा देखिएका समस्या, सडकको हालको स्थिति तथा यातायात सञ्चालनलाई थप व्यवस्थित गर्ने उपायबारे छलफल भयो। चाडपर्वका समयमा यात्रुहरूलाई सुरक्षित र व्यवस्थित यात्रा गराउने विषयमा विशेष जोड दिइएको थियो।

अनुगमनमा भक्तपुर सडक डिभिजनका इन्जिनियर हिमाल काफ्ले, सब–इन्जिनियर सुनिल शर्मा तथा मंगलटार इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निकिता मिश्रलगायतको सहभागिता रहेको थियो।

सभापति गजुरेलले निर्माणाधीन सडक तथा पूर्वाधारसम्बन्धी काम तोकिएको समयभित्रै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। पर्वका बेला यात्रुहरूले सास्ती भोग्नु नपर्ने गरी सडक व्यवस्थापन, यातायात सञ्चालन र आवश्यक सुरक्षा प्रबन्ध मिलाउन पनि उनले आग्रह गरे।

चाडपर्वमा राजमार्गमा सवारी चाप उल्लेख्य बढ्ने भएकाले यात्रुको सुरक्षित र सहज आवागमनका लागि सम्बन्धित निकायबीच समन्वय तथा सहकार्य आवश्यक रहेकोमा छलफलमा जोड दिइएको थियो।