मुख्य सामग्रीमा जानुहोस्

ग्रिनकार्ड आवेदकलाई १ लाख डलर धरौटी : अमेरिकी विदेश मन्त्रालयको प्रस्तावमा छलफल

अमेरिकी विदेश मन्त्रालयले विदेशस्थित कन्सुलर कार्यालयमार्फत ग्रिनकार्ड आवेदन गर्नेहरूसँग १ लाख डलर धरौटी लिने प्रस्तावमा छलफल गरिरहेको छ। धरौटी रकम अमेरिकी नागरिकता प्राप्त गरेपछि मात्र फिर्ता हुनेछ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

अमेरिकी सरकारले विदेशमा रहेका आफ्ना कन्सुलर कार्यालयमार्फत ग्रिनकार्ड आवेदन दिनेहरूसँग १ लाख अमेरिकी डलर धरौटी (बन्ड) लिने विषयमा आन्तरिक छलफल सुरु गरेको छ। वाल स्ट्रिट जर्नलले योजनाबारे जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै यो खबर सार्वजनिक गरेको हो।

ट्रम्प प्रशासनले अमेरिका आउने आप्रवासीहरू आत्मनिर्भर हुनुपर्ने नीति अन्तर्गत विदेश मन्त्रालयले यो प्रस्ताव तयार गरिरहेको बताइएको छ। छलफलमा संलग्न स्रोतका अनुसार, आवेदकहरूले अमेरिकी नागरिक भइसकेपछि मात्रै धरौटी रकम फिर्ता पाउनेछन्। ग्रिनकार्ड प्राप्त गरेपछि अमेरिकी नागरिकता पाउन कम्तीमा पाँच वर्ष लाग्छ।

विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले भने, ‘अमेरिका बसाइँ सर्न चाहनेहरू आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्ने विषय राष्ट्रपति ट्रम्पले स्पष्ट पारिसक्नु भएको छ।’ उनले मन्त्रालयले आप्रवासन तथा राष्ट्रियता ऐनअन्तर्गत रहेको अधिकार प्रयोग गरी केही भिसा आवेदकहरूलाई धरौटी राख्न लगाउने विषयमा अध्ययन गरिरहेको जानकारी दिए।

जानकार व्यक्तिहरूका अनुसार, अधिकारीहरूले यो अवधारणालाई सुरुमा थोरै संख्यामा रहेका देशहरूबाट परीक्षणको रूपमा सुरु गर्ने विचार गरिरहेका छन्। आवेदकको आफन्तले पनि उनीहरूको तर्फबाट धरौटी रकम जम्मा गर्न सक्ने बताइएको छ।