मुख्य सामग्रीमा जानुहोस्

नाेकियाले १४ हजार कर्मचारी कटौती गर्ने

एजेन्सी : टेलिकम कम्पनी नोकियाले आफ्नो खर्च घटाउन सन् २०२६ सम्ममा ९ हजारदेखि १४ हजार रोजगारी कटौती गर्ने भएको छ। कम्पनीले आम्दानीमा जुलाई र सेप्टेम्बरको बीचमा २० प्रतिशतले गिरावट आएको छ। यसका लागि कम्पनीले उत्तर अमेरिकी…

Tej Poudel

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
नाेकियाले १४ हजार कर्मचारी कटौती गर्ने

एजेन्सी : टेलिकम कम्पनी नोकियाले आफ्नो खर्च घटाउन सन् २०२६ सम्ममा ९ हजारदेखि १४ हजार रोजगारी कटौती गर्ने भएको छ।

कम्पनीले आम्दानीमा जुलाई र सेप्टेम्बरको बीचमा २० प्रतिशतले गिरावट आएको छ।

यसका लागि कम्पनीले उत्तर अमेरिकी बजारमा फाइभजी उपकरणको मागको कमी रहेको बताएको छ।

नोकियाका हाल विश्वभर ८६ हजार कर्मचारीहरू छन्। २०१५ देखि कम्पनीले हजारौं कर्मचारी निकालिसकेको छ।

नोकिया कुनै समय संसारको सबैभन्दा ठूलो ह्यान्डसेट कम्पनी थियो तर स्मार्टफोन आएपछि कम्पनी पछि परेको हो।

त्यसपछि अहिले यो कम्पनी फाइभजी उपकरणको व्यवसायमा संलग्न छ।