मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी–त्रिशूली बाढी: हालसम्म ५४७ शव फेला, ९७७ सम्पर्कविहीन

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार ९७७ जना सम्पर्कविहीन छन् भने १ हजार ४७३ जनाको उद्धार गरिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भोटेकोशी–त्रिशूली बाढी: हालसम्म ५४७ शव फेला, ९७७ सम्पर्कविहीन
Online Khabar

काठमाडौं, १२ भदौ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको क्षति अझै यकिन हुन सकेको छैन। नेपाल प्रहरीले बुधबारको बाढीमा हालसम्म ५४७ जनाको शव भेटिएको जनाएको छ।

जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा २२१ शव भेटिएको छ। त्यस्तै नवलपुरमा १३४, गोरखामा ४४, धादिङमा ४०, तनहुँमा २९, नवलपरासीमा २८, नुवाकोटमा ३८ र रसुवामा १३ शव भेटिएको प्रहरीको भनाइ छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने बाढीमा हालसम्म ९७७ जना सम्पर्कविहीन रहेको जानकारी दिएको छ। सम्पर्कविहीनमध्ये प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना छन्। रसुवा र नुवाकोटबाट थप १६२ जना सम्पर्कविहीन रहेको प्राधिकरणले बताएको छ।

नेपाल प्रहरीका अनुसार हालसम्म १ हजार ४७३ जनाको उद्धार गरिएको छ।