काठमाडौं । नेपालमा जारी विनाशकारी प्राकृतिक विपत्तिप्रति बलिउडका अधिकांश कलाकारहरूले सामाजिक सञ्जालमार्फत सहानुभूति व्यक्त गरेका छन् । आफूहरू नेपाली जनतासँगै उभिएको भन्दै उनीहरूले दुःख साझा गरेका हुन् । केहीले भने मानवीय सहायतामा सघाउनेसमेत बताएका छन् ।
सोनु सुद, अनुपम खेर, संजय दत्त, सोनु निगम, अरुण गोविल, फरहान अख्तर, कंगना रनावत, रश्मिका मन्दाना, भूमी पेड्नेकर, चित्रांगना सिन्हा, नोरा फतेही, अनन्या पाण्डे, कीर्ति सेनन, अर्पिता खान तथा सेफाली शाहलगायतले ‘प्रे फर नेपाल’ लेख्दै सहानुभूति जनाएका छन् ।
उनीहरूमध्ये सोनु सुदले नेपालमा राहत र उद्धार कार्यमा सघाउने वचन दिएका छन् भने कतिपय कलाकारले नेपालसँगै तिब्बततर्फ भएको क्षतिप्रति पनि दुःख व्यक्त गरेका छन् ।
नेपालको यो विपत्तिप्रति भारतीय बलिउड कलाकार मात्र नभएर अन्य मुलुकका सेलिब्रेटीहरूले पनि सहानुभूति देखाइरहेका छन् ।

