मुख्य सामग्रीमा जानुहोस्

रसुवा बाढीमा बेपत्ता २७ प्रहरीको सूची सार्वजनिक, एक जनाको शव फेला

नेपाल प्रहरीले रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका २७ प्रहरीको सूची सार्वजनिक गरेको छ। यसैबीच बेत्रावतीका असई रामकाजी पौडेलको शव भेटिएको छ भने बाँकीको खोजी जारी छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रसुवा बाढीमा बेपत्ता २७ प्रहरीको सूची सार्वजनिक, एक जनाको शव फेला
Online Khabar

नेपाल प्रहरीले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा बेपत्ता भएका २७ प्रहरी कर्मचारीको नामसहित सूची सार्वजनिक गरेको छ।

चीनको तिब्बत क्षेत्रतर्फबाट आएको उक्त बाढीपछि नेपाल प्रहरीले बेपत्ता भएकाहरूको विवरण सार्वजनिक गरेको हो। प्रहरीका अनुसार बेपत्ता हुनेहरूमा जवानदेखि सई दर्जासम्मका प्रहरी कर्मचारी छन्।

बेपत्तामध्ये प्रहरी चौकी बेत्रावतीमा कार्यरत असई रामकाजी पौडेलको शव भने भेटिएको छ। उनको शव सनाखत गरेर आफन्तलाई बुझाइसकेको प्रहरीले जनाएको छ।

बाँकी २७ प्रहरीको खोजी भने जारी छ। प्रहरीका अनुसार हालसम्म बेपत्ताको अवस्थाबारे पहिचान हुन सकेको छैन।