१३ भदौ, काठमाडौं । विश्वको लोकप्रिय सर्च इन्जिन गुगलले नेपालका प्रयोगकर्ताका लागि बाढी तथा प्राकृतिक विपद्का बेला छिटो र सहज रूपमा सूचना पुर्याउने उद्देश्यले ‘आपतकालीन सूचना सेवा’ सुरु गरेको छ।
यो सेवा सञ्चालनमा आएपछि अब बाढी वा अन्य प्राकृतिक विपद्को जोखिम भएका बेला गुगलको मुख्य पृष्ठमा ‘नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एन्ड अपडेट्स’ (Nepal Flash Flood Emergency Info and Updates) नामको लिङ्क प्रदर्शित हुनेछ।
सो लिङ्कमा प्रवेश गर्ने प्रयोगकर्ताले विपद्बाट प्रभावित क्षेत्रको नक्सा, गुगलले जारी गर्ने बाढी अलर्ट तथा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारहरू एकै ठाउँमा हेर्न पाउनेछन्।
आपत्कालीन अवस्थामा नागरिकलाई सचेत गराउन र भरपर्दो सूचना प्रवाह गर्न यो सेवा प्रभावकारी हुने विश्वास गरिएको छ।







