केरुङ नाकामा १० भदौको बाढीपछि सम्पर्कविहीन भएका ३४ जनाको खोजीका लागि ३४ परिवारले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई पत्र पठाएका छन् ।
बाढीका बेला केरुङ नाकामा काम र व्यापार गर्न पुगेका उनीहरू हालसम्म सम्पर्कमा आउन सकेका छैनन् । परिवारका सदस्यहरूले उनीहरूको खोजी गरी नेपाल फिर्ता गरिदिन दूतावाससँग आग्रह गरेका छन् ।
दूतावासलाई लेखिएको पत्रमा सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे जानकारी गराउँदै खोजीको पहल गर्न अनुरोध गरिएको छ । पत्रमा उनीहरूलाई खोजी गरी नेपाल फिर्ता गर्नुपर्ने आग्रह समेटिएको छ ।







