१६ भदौ, काठमाडौं । भोटेकोशी नदीको बाढीले सम्पर्क टुटेका नुवाकोटको विदुर नगरपालिकाका दुई वडालाई जोड्न त्रिशूली नदीमाथि तुइन जडान गरिएको छ।
गत १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीसँगै विदुर नगरपालिका–१ र ९ बीचको सम्पर्क विच्छेद भएको थियो। बाढीपछि दुई वडाबीचको आवागमन प्रभावित बनेको थियो।
स्थानीयवासीको आउजाउ सहज बनाउन मंगलबार बिहान त्रिशूली नदीमा तुइन जडान गरिएको हो। तुइन जडान भएपछि सर्वसाधारणले जोखिम उठाउँदै वारिपारि आवतजावत गर्न थालेका छन्।







