मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढी : मध्यराति गोकर्णको जंगलमा ४६ शव व्यवस्थापन

रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये ४६ शवको व्यवस्थापन काठमाडौंको गोकर्ण जंगलमा गरिएको छ। मंगलबार मध्यराति जमिनमुनि शव गाड्ने निर्णयपछि यो काम भएको हो। बाँकी शवको व्यवस्थापनबारे छलफल जारी छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भोटेकोशी बाढी : मध्यराति गोकर्णको जंगलमा ४६ शव व्यवस्थापन
Online Khabar

१६ भदौ, काठमाडौं । रसुवास्थित भोटेकोशीमा एक्कासि आएको भीषण बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये ४६ शवको मध्यराति गोकर्णको जंगलमा व्यवस्थापन गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दीलिप घिमिरेका अनुसार मंगलबार राति करिब २ बजेतिर यी शवहरू जमिनमुनि गाड्ने गरी व्यवस्थापन गरिएको हो।

सोमबार साँझपखबाट परेको पानीका कारण उक्त समयमा शव व्यवस्थापनको काम भएको उनले बताए। जमिनमुनि शव व्यवस्थापन गर्ने निर्णय भएपछि यो काम अघि बढाइएको हो।

बाँकी शवको व्यवस्थापनबारे पनि छलफल भइरहेको घिमिरेको भनाइ छ। थप छलफलपछि मात्रै ती शवको व्यवस्थापनबारे निर्णय हुने जनाइएको छ।