मुख्य सामग्रीमा जानुहोस्

भैलद्य परिक्रमासहित भक्तपुरमा गाईजात्रा मनाइयो

भक्तपुरको दतात्रयमा दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा मनाइएको छ। बाँस र परालले बन्ने भैलद्यको आकर्षक परिक्रमासँगै नेवार समुदायले लुसि प्याखँ प्रदर्शन गरेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भैलद्य परिक्रमासहित भक्तपुरमा गाईजात्रा मनाइयो
Online Khabar

भदौ १३, काठमाडौं : भक्तपुरको दतात्रय क्षेत्रमा दिवङ्गत आफन्तको सम्झनामा आज गाईजात्रा मनाइएको छ। नेवार समुदायले वर्षभरि मृत्यु भएका आफन्तको स्मृतिमा लुसि प्याखँ (धिङताङ घिंसि) प्रदर्शन गर्दै नगर परिक्रमा गरेका हुन्।

भक्तपुर नगरपालिका-४ को लाकुलाछेंबाट भैलद्यको परिक्रमा सुरु गरी पहिलो दिनको जात्रा समापन गर्ने परम्परा छ। बाँस र परालको सहायताले तयार पारिने गाईको प्रतीक भैलद्यको परिक्रमा यस वर्ष निर्धारित तालिकाअनुसार साँझ ४ बजेदेखि सुरु गरिएको थियो। जात्रा समयमै सक्न र व्यवस्थित बनाउन तालिका बनाइएको बताइन्छ।

लाकुलाछेंबाट भैलद्यलाई न्यातापोल मन्दिर हुँदै नगर परिक्रमा गराइन्छ। न्यातापोल क्षेत्रमा विशेष भीड लाग्ने गरे पनि दरबार क्षेत्रमा सबैभन्दा बढी घुइँचो हुन्छ। भैलद्यसँगै ताहासा (गाईको प्रतीक) पनि रहने भएकाले दरबार क्षेत्रमा तीन चक्कर घुमाउँदा त्यहाँको दृश्य मनमोहक देखिन्छ।

आठ रात नौ दिनसम्म चल्ने भक्तपुरको गाईजात्राको शनिबार दोस्रो दिन हो। आइतबारदेखि थप सात दिन जात्रा जारी रहनेछ। शनिबारको जस्तो दिनभरको धुमधाम भने आगामी दिनमा नहुने र विभिन्न टोलबाट साँझपख व्यङ्ग्यात्मक जात्रा निकालिने परम्परा छ।

यस क्रममा टोलटोलबाट व्यङ्ग्यात्मक प्लेकार्ड बोकेर घिन्तागिसी नाच प्रदर्शन गरिन्छ भने विभिन्न नाचहरू समेत देखाइन्छ।

तस्बिर : विकास श्रेष्ठ / अनलाइनखबर